अवैध घरेलु मदिरा बिक्री गर्ने तीन जना पक्राउ


पर्सा ।
बीरगंज महानगरपालिका(१६ स्थित नगवा चोकबाट अवैध घरेलु मदिरा बिक्री बितरण कार्यमा संलग्न ३ जनालाई करिब ६० लिटर मदिरा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला बारा निजगढ नगरपालिका(४ बस्ने २४ बर्षीया सुस्मा लामा, सोही ठाउँ बस्ने ३८ वर्षीया अनिता लामा र सर्लाही, शंकरपुर नगरपालिका(२ घर भई हाल पर्सा, बीरगंज महानगरपालिका १० रानीघाट बस्ने २१ बर्षीय राजेश ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लु।२ ह ४२१६ नम्बरको अटोरिक्सालाई जाँच गर्ने क्रममा उक्त अटोरिक्साभित्र बिक्री बितरणको लागि लुकाई ल्याएको अवैध मदिरा फेला पारी अटोरिक्सा सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई थप आवश्यक कारवाहीको लागि आन्तरीक राजस्व कार्यालय बीरगंजमा पठाइको छ ।