रेसुङ्गाको पर्यावरणलाई यथावत राख्न बिज्ञ ढकालको आग्रह


अनिल खत्री , गुल्मी ।
राष्ट्रपति कार्यलयका धर्म संस्कृति सम्बन्धि बिज्ञ खेमचन्द्र ढकालले गुल्मीमा रहेको रेसुङ्गाको पर्यावरण क्षेललाई यथाबद राख्न आग्रह गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीले सदरमुकाम तम्घासमा राखेको रेसुङ्गाको बिकास र पहिचान संबन्धी छलफल कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

उनले त्यस क्षेत्रको बिकासका निम्ति लाग्न आग्रह समेत गरेका छन् । ढकालले रेसुङ्गाको गौरब बढाउनका लागि राज्यको तर्फबाट गर्नुपर्ने कार्यका लागि काफू कछाड बाधेरै लाग्ने प्रतिबद्धता ब्याक्त गरे । रेसुङ्गा क्षेत्रको अबलोकन गरेर फर्केका ढकालले गौशलला संरक्षणको निम्ति गुरु योजना बनाएर लाग्न आग्रह समेत गरेका छन् ।

ढकालले त्यस क्षेत्रका लागि राज्य तर्फबाट गर्नु पर्ने कार्यहरुमा आफूपनि लाग्ने प्रतिबद्धता जनाएका छन् । छलफल कार्यक्रममा गुल्मी जिल्लाका राजनीतिक दलहरु, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुले रेसुङ्गा क्षेत्रको बिकास गर्न र पर्यटनमा बिकास गर्नका लागि त्यस क्षेत्रमा सुबिधा संपन्न होटलहरु आश्यक रहेको सुल्झाएका थिए ।

रेसुङ्गा क्षेत्रमा यातायातको ब्यवस्था गर्दै त्यस क्षेत्रमा रहेका जीवजन्तुहरुलाई पानीको ब्यवस्था गर्न सुख्खा पोखरीहरु निर्माण गर्न आग्रह गरेका थिए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा क्षेत्रको बिकासका लागि नगरपालिकाले कार्यहरु गर्दै आएको जानकारी गराएका थिए ।

उनले सुबिधा सम्पन्न होटल र आवास सहितको ब्यवस्था पनि आगामी दिनहरुमा पुरन हुने बताए । रेसुङ्गा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि नगरपालिकाले गुरु योजना बनाएरै अगाडी बढने नगर प्रमुख भुसालले बताए ।