महाकाली नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता


किरन धामी, दार्चुला ।
दार्चुलामा महाकाली नदिमा नुहाउने क्रममा बगेर एक जना बेपत्ता भएका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिविका १५ वर्षीय भुपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

उनि संगै नुहाउन गएका उनका साथी दिपेश बहादुर चन्द भने सकुशल रहेका छन् । नुहाउने क्रममा बगेका दिपेश केहि तल जिवित भेट्टीएको उहाले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ७ जौलजिवि नजिकै महाकाली नदिमा नुहाउने क्रममा १५ वर्षिय भुपेन्द्र बगेर बेपत्ता भएको निमित्त प्रहरी प्रमुख बोहराले जानकारी दिनुभयो । बेपत्ता चन्दको प्रहरी चौकी जौलजिविबाट खटिएको प्रहरी टोलीले खोजीकार्र्य गरिरहेको उहाले जानकारी दिनुभयो । जिवित भेट्टीएका दिपेशको अवस्था भने सामान्य रहेको उहाले जानकारी दिनुभयो ।