बजारमा ‘समय’ लिएर आए किरणबाबु


धनवीर दाहाल, रुकुम ।
नेपाली लोकसंगित क्षेत्रको चर्चित नाम हो किरणबावु पुन । रुकुमको बिकट बस्ती सानीभेरी गाँउपालिका (साविकको दुली गाबिस)को कोटमा जन्मीनुभएका पुनले लोक तथा आधुनिक गरी धेरै गित बजारमा ल्याउनुभएको छ । कतिपयमा आफैले आवाज दिनुभएको छ भने कतिपयको शब्द मात्र गर्नुभएको छ । यस पटक पनि पुनको शब्द तथा संगितमा भारतिय चर्चित गायिका सन्जीवनी र आफ्नै स्वरमा समय गित सार्वजनिक भएको छ । मंगलबार युटुवमा मार्फत किरणबाबुको गित “समय” सार्वजनिक भएको हो ।

संयौ गीतहरू बाट श्रोता तथा दर्शकहरूको मन जित्न सफल किरणबावुले पछिल्लो समय कृष्ण फिल्म मार्फत “समय” नामक गीत बजारमा ल्याएका हुन् । यसको भिडियो निर्देशन वरिष्ठ निर्देशक बाबुराजा केसी (उज्ज्वल) ले गरेका छन् शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा केशब बडुले एरेन्जर र कुमार सानु पुनले मिक्सिङ्ग गरेका हुन् ।

मधुर बस्नेतको छायांकन,नबिन घर्तिको सम्पादन,प्रेम थापा र सुशिला थापाको अभिनय रहेको यस गीत हरेक दृष्टिबाट उत्कृष्ट रहेको छ । गितबारे किरणबावुले भने “मैले निकै मेहनत गरेको छु । यो अर्थमा कि यस गीतमा पनि (बाचा) गीतमा प्रयोग गरिएको एक गीतमै तीन बिषयवस्तु जस्तै यसमा पनि त्यो निरन्तरता झनै परिष्कृत गर्ने कोशिश गरेको छु ।”

उनले भने “साथै यस गीतको म्युजिक भिडियोमा एउटा इतिहास छ त्यो इतिहासका जन्मदाता आदरणीय दाइ बाबुराजा केसी हुनुहुन्छ र सबै टिमको उत्तिकै मेहनत रहेको छ बाँकी आदरणीय श्रोता दर्शककै हातमा सुम्पिन चाहन्छौँ ।”

किरणबावुले यस भन्दा पहिले पनि सन्जीवनी र आफ्नै आवाजमा “बाचा” नामको गित बजारमा ल्याएका थिए । समय युनिटकै सहकार्यमा बजारमा आएको “बाचा”ले जनमनको मन जित्न सफल रहेको थियो ।

यस्ताे छ किरणबाबुकाे समय हेर्नुहाेस् भिडियाेमाः