अवैध ३० तोला सुनसहित एक पक्राउ


काठमाडौं ।
अवैध ३० तोला सुन सहित नेपाल एयरलाईन्सका कर्मचारी सिराहा वरापतपाटी(३ घर भई काठमाडौं पेप्सिकोला बस्ने २१ वर्षीय रन्जित कुमार यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

दोहाबाट काठमाडौं आएको नेपाल एयरलाईन्सको फ्लाईटमा अवैध रुपमा सुन लुकाई छिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सोही फ्लाइटमा आएका शंकास्पद यात्रु सिराहाका २६ वर्षीय धर्मेन्द्र कुमार यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दोहावाट पठाएको सुनको पार्सल जहाजबाट उत्रनासाथ एराइभलमा पुग्नु अगावै फोनबाट सम्पर्कमा आएका व्यक्तिलाई दिएको जानकारी दिएका थिए ।

त्यसको आधारमा उक्त व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा रन्जितलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ वटा विस्कुटमा रहेको उक्त परिमाणको सुन लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपाल एयरलाईन्सको मेन्टेन्नेस ह्यागरमा १ वर्षदेखि काम गर्दै आएका निज यादव र उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरु सम्वन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।