संसदमा कांग्रेसको अवरोध, अपशब्द नबोल्न प्रधानमन्त्रीको चेतावनी


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका हुन् ।

काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्दै उल्टै प्रश्न गर्नुभयो ।