पोखरा विमानस्थलमा हेली एयरको हेलिकाेप्टर दुर्घटना


पोखरा ।
पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा हेली एयर नेपाल प्रा.लि. को नाइनएन एएमके कल साइनको जाइरोकप्टर हेलिकाेप्टर दुर्घटनामा परेको छ । मंगलबार दिउसो २ बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको स्रोतले जनाएको छ ।

दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु सकुशल रहेका छन् ।

दिउँसो १ः४५ बजे फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए । जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको थियो ।