कोचिवाङमा पहिलो पटक बस पुग्दा स्थानीय छक्क


सलिम अन्सारी, प्युठान ।
गाउँमा पहिलोपटक यातायातको साधन पुग्दा स्थानीय बासिन्दा छक्क परे । यश अघि कहिल्यै बस नदेखेका स्कँलका विद्यार्थीहरु पनि खुशीले बसको वरिपरी घेरिए ।

गाउँलेहरुले बारीको कान्लाबाट बस हेरिरहेको दृष्य देखिन्थ्यो । स्थानिय शिव पुन मगरले यो खुशी सामाजिक सञ्जाल फेसबुकमा समेत बाँड्दै लेख्नुभयो ँआज पहिलोपटक दाङको घोराही देखि स्युजा हुँदै कोचिवाङ्ग आउने बाटोमा ना २ ख ५७३७ नम्बरको सार्वजनिक बस । आफ्नै घर छेउको मोडमा हानियो एक दुइटा फोटो ।ँजिल्लामै विकट मध्येको मानिने कोचिवाङमा सोमवार पहिलोपल्ट बस पुगेपछी स्थानीय खुसी छन ।

दाङको घोराही स्युजा, अरङ्गखोला, कोचिवाङ हुँदै यात्रु बस धरमपानी आइपुगेको हो ।नेपाल कम्युनिष्ट पार्टीले स्वर्गद्धारीले आयोजना गरेको आमसभामा अरङ्गखोलादेखि कार्यकर्ता लिएर बस धरमपानी आइपुगेको स्वर्गद्धारी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मेघराज जिशीले बताउनुभयो ।

अरङ्गखोलादेखि धरमपानीसम्म १६ किलोमिटर मोटरबाटोको करिव ९० लाखको लागतमा ट्रयाक खोलेपछि उक्त बाटोबाट बस सञ्चालन भएको हो ।

ँमोटरबाटोमा बस गुडेपनि उद्घाटन भने गरेका छैनौ, जेठको पहिलो साता उद्घाटन गर्ने कार्यक्रम तय गरेका छौंँ वडा अध्यक्ष जिशीले भन्नुभयो । केही साना खोलामा पुल हाल्ने गरी बाटोको स्तरोन्नती गर्ने योजना रहेको उल्लेख गर्दै वडा अध्यक्ष जिशीले भन्नुभयो– ‘बाह्रै महिना यातायात सेवा सञ्चालन गर्ने गरी सडकको स्तरोन्नती गर्दछौं ।’

अहिले खुलेको बाटो होलेरी भएर धरमपानी आउनेभन्दा १६ किलोमिटर छोटोे भएकोले दाङबाट स्वर्गद्धारी आउने तिर्थयात्रीलाई समेत सुविधा पुग्ने वडा अध्यक्ष जिशी बताउँनुहुन्छ ।नेपालकै चार धाम मध्येको स्वर्गद्धारीको दक्षिणी काखमा रहेको कोचिवाङ नगरापलिका भएपनि जिल्लाकै कमजोर विकासको पँर्वाधार भएको वडामध्येमा पर्दछ । यो वडा बिकासको पँर्वाधारलाई पर्खेर बसेको छ ।

यहाँ टेलिफोनले राम्रोसँग काम गर्दैन, बिजुली बत्तीको राम्रो प्रवन्ध छैन । एक बस्तीबाट अर्को बस्तीमा पुग्न घण्टौ लाग्छ, बालबालिकालाई बिद्यालय जान घण्टौ समय खर्चनुपर्छ । खानेपानीको सहज आपँर्ति छैन । पँर्वाधार विकासको अभावै अभावमा रोमलिएको कोचिवाङलाई सडक यातायातले जोडेपछि अन्य विकासका पँर्वाधार निर्माण गर्न पनि सजिलो हुने स्थानीयको विश्वास छ ।