रकम हिनामिनाको आरोपमा निष्काशित

0
Shares

हुम्ला, (नेस)
हुम्लाको सर्केगाड गाउँपालिका ८ वडा कार्यालयका लेखा सहायकले एक लाख रकम हिनामिना गरेकोे खुलासा भएको छ । सबै कार्यक्रमको कागजी फर्जी गरेको देखाई रकम हिनामिना गरेको भन्दै लेखा साहयक सुनाम रोकाया लाई जागरि बाट निष्कासीत वडाले गरेको छ ।

आर्थिक वर्ष २०७४।०७५ को सालको करिब एक लाख रकम हिनामिना गरेको भन्दै वडा ८का अध्यक्ष ट्यारे रोकायाको अध्यक्षतमा बसी लेखा साहयक बाट हटाएको वडा सदस्य धनविर रोकायाले बताउनु भयो । लेखा सहायक रोकायाले वडाको छाप, वडाध्यक्ष ट्यारे रोकायाको छाप, वडा सदस्यहरुको किर्ते सहि गरी रकम हिनामिना गरेको सोही वडा अध्यक्ष ट्यारे रोकायाले जानकारी दिनुभयो । वडामा सञ्चालन हुने खर्च रकम लेखाजोखा नगरि आफु एक्लैले काम गरेको भन्दै वडाका सबै स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोबहरमा निस्कासन गरेको अध्यक्ष रोकायाले जानकारी गराउनु भयो ।

जनप्रतिनिधिले नै कर्मचारी राखेको भएता पनि लेखा सहायक रोकायाले सबैको किर्ते, नक्कली छाप बनाएर रकम हिनामिना गरेको खुला भएपछि शनिबार बाट लेखा साहयक बाट हटाएको हो वडामा आउने रकम आफैले कारोबार गरी चलाउदै आएको पनि तथ्य खुलेको छ । तर लेखा सहायक सुनाम रोकाया भने वडा अध्यक्षले भने सामाजिक सुरक्षा भत्ता र गाउँपालिका बाट दिने तलब समेत खाएको उल्टै आफुमाथि दोष लगाएको बताएका छन ।
वडा अध्यक्ष र सदस्यहरु समेतले गाउँमा संचालन गर्ने भनेर ठुलो रकम लिएको र कामै नगरि कागजी रुपमा मिलाए खाएको प्रति सहयाक लेखापाल रोकायाले आरोप लगाउनु भयो ।