गुणस्तर वृद्धिका लागि सामाजिक परिक्षण

0
Shares

बासदेव शर्मा, जाजरकोट
जाजरकोट नलगाड नगरपालिकाबाट संचालन गरेका योजनाहरुको सामाजिक परिक्षण कार्यक्रम गरेको छ । आयोजनाको गुनस्तर बृद्धी गर्न उपभोक्ता समिति र समुदायहरुसग योजना स्थलमै सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।

नलगाड नगरपालिकाबाट संचालन भएका योजनाहरुलाई गुनस्तीय, प्रभावकारी वनाउन कार्यक्रमको आयोजना गरेको हो । आयोजना निर्माणको जिम्मा लिएका उपभोक्ता समिति, योजना विनियोजना गरेको नगरपालिकाका पदाधिकारीहरुसग गरेको सम्झौता अनुसार उपभोक्ता समितिले काम प्रभावकारी गरे नगरेको योजना गुनस्तर निर्माण भए नभएको जानकारी लिन कार्यक्रमको आयोजना गरिएको हो ।

गत वर्ष देखि सामाजिक परिक्षण कार्यक्रम शुरु गरेको नगरपालिकाले संचालित आयोजनाबाट आयोजना प्रति नागरिक कति सन्तुष्ट छन् कार्यालय र उपभोक्ता समितिले गरेका कामबाट नगरीकहरु कति लाभान्बित भएका छन, योजनाका विषयमा सुधार गर्न नागरीकहरुबाट आएका सल्लाह सुझावलाई आत्मसाथ गरी योजनाहरु वलियो, प्रभावकारी वनाउन सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरेको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले वताउनु भयो ।

समुदाय स्तरमा संचालन भएका योजनाहरु जनमुखी समुदाय मैत्री वनाइ सरोकारवाला निकायहरु नागरिक प्रति जवाफदेहि पादर्शि वनाउन कार्यक्रमको आयोजना गरिएको नलगाड नगरपालिकाका नगर प्रमुख रावलले वताउनु भयो ।

कार्यक्रमका सहभागीहरुले सरोकारवाला निकायका प्रमुख एवम प्रतिनिधिहरुसग योजना सुधारका विषयमा आफना जिज्ञासाहरु राखेका थिए । नागरिकहरुले राखेका जिज्ञासाहरुलाई नलगाड नगरपालिका वडा नं. १२ वडा अध्यक्ष लाल बहादुर खत्री, प्राविधिक भगवती जैसी उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर वस्नेतले सहभागीहरुबाट आएका जिज्ञासाको सम्वोधन गर्नु भएको थियो ।

नलगाड नगरपालिकाबाट चालु आर्थिक वर्षमा संचालन भएका योजना सम्पन्न भइ सकेका ५ वटा योजनाको सामाजिक सामाजिक परिक्षण कार्यक्रम गरेको छ । कार्यविधिमा उल्लेख भए अनुसार नमुनाको रुपमा कार्यक्रम गरेको आगामी आर्थिक वर्ष देखि उपभोक्ता समिति मार्फत संचालन भएका योजनाहरुको अनिवार्य रुपमा योजना सम्पन्न भैसकेपछि अन्तिम किस्ता भुक्तानी लिनु भन्दा अगाडी योजनामा गुनस्तरियता पादर्शिता जवाफदेहिता कायम गर्न उपभोक्ता समितिले सामाजिक परिक्षण कार्यक्रमको आयोजना आफैबाट गर्न आग्रह गर्नु भयो ।

उपभोक्ता समिति माफर्त संचालन भएको योजनाहरुका विषयमा नागरीकहरुलाई जानकारी दिन नागरिकहरुलाई जिम्मेवार वनाउन योजना स्थलमै कार्यक्रमको आयोजना गरी नागरिक प्रति जवाफदेहीता पादर्शिताको विकास गर्न आवश्यक भएकोले कार्यक्रम गर्न नगर प्रमुख रावलको आग्रह गर्नु भयो ।