झाडापखालाकोे पुष्टि: दजाकोटमा पानीमा ई.कोलाई जीवाणु

0
Shares

अनिल खत्री, गुल्मी
गएको बैशाख १० गतेदेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखला ई.कोलाई भन्ने जीवाणु भेटीएको पत्ता लागेको छ । सिङ्गो गाउँमा फैलीएको झाडापखालाको मुख्य कारणपानीमा ई.कोलाई भन्ने जिवाणु भेटीएको अनुषन्धानवाट पत्तालागेको हो ।

दुषित पानी सेवन का कारण गत दुईसाता अघि गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछिविश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्यकार्यालयको टोलीले गतसाताप्रकोप क्षेत्रमापुगेर विरामीहरुको दिसा र पानीको नमूना संकलनगरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमापठाएको थियो ।

विरामीको दिसा परिक्षण मा सिगेला नामक जिवाणु समेत रहेको बताईएको छ । स्थानीयिहरुले उपभोग गर्दै आएको पानीको मुहानमा फोहोरका कारण पानी दुषित भएको र झाडा पखालाको प्रकोप बढेको गुल्मी अस्पताल प्रमुख डाक्टर पच्याले बताए ।

नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पानीर विरामीको दिसाको नमुना परिक्षण गरेपछि पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको गुल्मी अस्पताल तम्घास का डाक्टर उत्तम पच्याले बताए । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट २ सय बढि बिरामी भएका थिए । भने १ जनाको मृत्यु भएको थियो ।

झाडापखालाको प्रकोप फैलीएको गाउँमा अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ । झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाका स्वास्थ्य टोलिले सञ्चालन गरेको स्वास्थ्य शिबिरका कारण झाडापखला नियन्त्रणमा आएको हो ।

सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य संगठन को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरेका थिए । झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामीसँग भेटघाट गरेर सचेतना कार्यक्रम सम्पन्न गरेको मुसिकोट नगरपालिका गुल्मीका स्वस्थ्य संयोजक डिबी जिसीले बताए । प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी बितरण गरिरहेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो । ५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १ जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।