सुदुर र प्रदेश २ ले आज खेल्दैछन् फाइनल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कीर्तिपुरमा जारी मनमोहन स्मृति अन्तर प्रदेशीय यु १६ क्रिकेट प्रतियोगिताकोे फाइनल आज हुँदैछ ।

सोमबारको खेल जित्दै सुदुरपश्चिम र प्रदेश २ ले उपाधि भिडन्तको लागि फाइनल यात्रा गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई ३० रनले हराएर फाइनलमा पुगेको हो । सुदुरले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । जसमा कप्तान सुवास ऐरले ४१ बलमा ७ चौकासहित ४३ रनको योगदान दिए । त्यस्तै आशिष भट्ट २६ रनमा नटआउट रहे भने धीरेन्द्र ठाकुरले २५ रन, सन्दीप विष्टले २२ रन र अनिल थापाले २० रन बनाएका थिए । बलिङमा प्रदेश १ का श्रवण किस्कुले ३ तथा बिपिन महतोले २ विकेट लिएृका थिए ।

जवाफमा प्रदेश १ ले २५.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रनमै समेट्न पुगेको थियो । सुमन सुन्दासले ४४ रन र आइन्सटेन रिजालले ३१ रन बनाए पनि जितको लागि पर्याप्त भएन । मध्यक्रममा सिमरन राईले २७ रन बनाएर रनआउटको सिकार हुनु पनि नतिजा टोलीविरुद्ध गएकोे थियो । बलिङमा सुदुरका सुवासले ५.२ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिएका थिए । उनी म्यान अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनल खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ४ विकेटले हराएर उपाधिको लागि तयार भएको छ । प्रदेश २ ले प्रदेश ३ ले दिएको १ सय २२ रनको लक्ष्य २५ ओभरमा ६ विकेटको नोक्सानीमा भेटाएको थियो । टोेलीको जितमा मेघराज महोराले ४७ रन, कप्तान निखिल सिंहले ३२ रन र रोहन बिकेले २१ रनको योगदान दिए । प्रदेश ३ का बलरमा तिलक भण्डारी र क्रिश कार्कीले २÷२ विकेट हात पारेका थिए ।

यसअघि प्रदेश ३ ले निर्धारित ३० ओभरमा ९ विकेटको क्षेतिमा १ सय २१ रन जोडेको थियो । टोलीका लागि आशीष भट्टराईले २७ रन र प्रशान्त महतले २२ रन बनाउन बाहेक अन्यले खासै रन जोड्न सकेनन् । बलिङमा प्रदेश २ का बलरमा शेख इमरान र अर्बाज अन्सारीले २÷२ विकेट हासिल गरेका थिए ।