एपीएफ सेमिफाइनलमा

0
Shares

सिन्धुपाल्चोक, (नेस)
विभागीय टोली नेपाल एपीएफ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४–० गोल अन्तरले पराजित गर्याे । टोलीको लागि हरि कार्की, सुुमित आले मगर, रवि थिंक र राम कुमार कुमालले एक एक गोल गरे ।

खेलको २६औं मिनेटमा एपीएफका हरि कार्कीले पहिलो गोल गरे । उनले हेडिङमा गोल गरेका थिए । सुमित आले मगरले खेलको ६४ मिनेटमा दोस्रो गोल गरे । उनले रिवाउण्डमा आएको बल सदुपयोग गरेका थिए । यस्तै खेलको ७७ औ मिनेटमा राम कुमार कुमालले तेस्रो गोल गरे । टिमका लागि तेस्रँो गोल गर्ने क्रममा उनले फ्रिकिकमा गोल गरेका थिए ।

खेल सकिन ३ मिनेट अघि रवि थिंगले गोल गरे । उनले गोल गरेको अर्काे मिनेटमै जिरी स्पोर्टस् क्लबका गोलरक्षक सुवास भण्डारीले रातोकार्ड ब्यहोरेका थिए । डिबक्स बाहिर आएर बल समातेपछि उनलाई रेफ्रि विश्वास कार्कीले सिधै रातो कार्ड देखाएका थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।