आन फुटसलमा मिडिया हब अन्तिम १६ मा

0
Shares

काठमाडौं, (नेस)
नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ शुरु भएको छ ।

सानेपाको फिल्ड फुटसल मैदानमा समूह ‘एच’ बाट मिडिया हब प्रिक्वार्टरफाइनलमा पुगेको हो । सोही समूहबाट एड रिलिजले अन्तिम १६ मा स्थान सुरक्षित ग¥यो । मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १०–१ को फराकिलो जित निकालेको थियो । त्यस्तै एड रिलीजलाई टोलीले १–० ले हराएको थियो ।

यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजु कुँइकेलले जानकारी दिए ।

समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६ मा स्थान सुरक्षित गरे । कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भएपनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर अन्तिम १६ मा पुगेको हो ।

प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन् ।