शिवम् सिमेन्टको शेयरप्रति लगानीकर्ता आकर्षित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
लगातार गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने दोहोरो अंकले वृद्धि भएको छ । नेप्सेका अनुसार यस दिन परिसूचक २१ दशमलव ७३ अंकले वृद्धि भई १२९९ दशमलव ४१ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हु“दा कारोबार रकम भने औसतजस्तै रहेको छ । कुल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार रुपिया“मा कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका११ उपसमूहमध्ये अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक वृद्धि भएको छ । यस दिन अन्य उपसमूह शून्य दशमलव ८५ बिन्दुले घटेको छ ।

बढेका उपसमूहमध्ये बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् तीन दशमलव ३६, वित्त एक दशमलव ७६, निर्जीवन बीमा चार दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि सोमबार पा“च दशमलव शून्य एक अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जमा पछिल्ला केही दिनयता शिवम् सिमेन्टतर्फ झुमिएका छन् । अप्रत्यासितरूपमा लगानीकर्ताहरु शिवम् सिमेन्टमा आकर्षित हु“दा कारोबार रकमका आधारमा सो कम्पनी अग्रस्थानमा रहेको छ । सोमबार यस कम्पनीको चार करोड ९४ लाख रुपिया“भन्दा बढीको कारोबार भएको छ । यस्तै दोस्रो स्थानमा जनता बैंक नेपाल रहेको छ । यस बैंकको तीन करोड ८६ लाख, तेस्रोमा नेपाल बैंकको तीन करोड ८५ लाख, चौथोमा एनएमबी बैंकको तीन करोड १० लाख, पा“चौमा प्रभु बैंकको दुई करोड ४० लाख रुपिया“को कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी साल्ट टे«डिङ लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयर मल्य ९ दशमलव ७० प्रतिशत, शिवम् सिमेन्टको शेयर मूल्य ८ दशमलव ३८ प्रतिशत, मेगा बैंक नेपालको शेयर मूल्य ६ दशमलव शून्य चार प्रतिशत, बैंक अफ काठमाडौंको शेयर मूल्य ५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।

समग्र परिसूचकमा उच्च अंकको वृद्धि हु“दा पा“चथर पावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । सोमबार पा“चथर पावर कम्पनीको शेयर मूल्य ६ दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ५९ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ३ दशमलव १२ प्रतिशतले शेयर मूल्य घटेको छ ।