युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

0
Shares

काठमाडौं, (नेस)
के.एल. दुगड ग्रुपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई कापी, कलम, स्कूल ब्यागलगायतको शैक्षिक सामग्री वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पु¥याउने युनाइटेड सिमेन्ट्सको धेय रहेको छ ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउ“का प्रमुख राजकुमार खिउजु, युनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महतलगायतका स्थानीय अभिभावकको उपस्थितिमा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

अघिल्लो महिनामा युनाइटेड सिमेन्ट्सले धुनीवेंशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।