साओमीको रेडमी वाई ३ सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
साओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ जसले पहिलोपटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।

यस अवसरमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो–‘हामी हाम्रो ग्राहकमाझ सबैभन्दा नया“ रेडमी वाई ३ ल्याउन पाउ“दा निकै उत्साहित छौं । यो ३२ एमपी सुपर सेल्फी क्यामेरास“गै हाम्रा एमआई ग्राहकले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् । प्रिज्म डिजाइनस“गै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीस“गै यस स्मार्टफोनले नेपाली ग्राहकलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्टि नवीनतम प्रविधि ल्याएको छ ।’

फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास रहेको छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएसस“ग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

रेडमी वाई ३, ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।

रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि १८ हजार ४९९ रुपिया“ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २१ ह्जार ४९९ रुपिया“ एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा ६ मेईबाट देशभर ९०० भन्दा बढी अफलाइन स्टोर र दराज डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।