कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


काठमाडौं ।
काठमाडौंको कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाले सो शंकास्पद वस्तुलाई बम भनेर डिस्पोज गर्दा बम नभएको खुल्न आएको हो ।

कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सडकको किनारमा शंकास्पद वस्तु भेटिएको थियो ।

सोमबार नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निक्रिय बनाएको हो ।