तीन एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?


नेपाल समाचारपत्र, काठमाडौँ ।
गृहमन्त्रालले तीन जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले सोमबार उनीहरुको सरुवा गरेको हो ।

सरुवा भएकाहरुमा काठमाडौँको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौँको कमाण्ड दिइएको छ ।

हालका काठमाडौँ प्रहरी प्रमुख वसन्त लामा लागूऔषध नियन्त्रण व्यूरोमा सरुवा हुनुभएको छ ।

एसएसपी सहकुल थापालाई अपराध महाशाखाको प्रमुखमा सरुवा गरिएको छ । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

त्यस्तै धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् ।