द्धन्द पिडितको सहयोगी बन्यो ओरेक


धनवीर दाहाल,रुकुम ।
रुकुम बिगतको सशस्त्र द्धन्दको उद्गम थलोको रुपमा चिनिन्छ । दुई पटक सम्म खारामा तत्कालिन बिद्रोही पक्ष र राज्यपक्ष बिच लडाइ हुँदा धेरैले ज्यान गुमाए भने कयौं घाइते भए । खारासँगै पिपल पनि उत्तिकै पिडित ठाँउ हो ।

देश संघिय संरचनामा गएपछि त्रिबेणी गाँउपालिकामा रहेको खारा र बाँफिकोट गाँउपालिकामा रहेको पिपलमा द्धन्दपिडितका लागी सहयोगीको भुमिका निर्वाह गर्ने निकाय बनेको छ ओरेक ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल)ले विगत ३ वर्ष देखि त्रिवेणी गाउँपालिका ३,४ र ५ (खारा) र बाफँीकोट गाउँपालिकाको १ र २ (पिपल)मा आर्थिक सामाजिक सास्कृतिक अधिकार अन्तर्गत –महिलाको प्रजनन् स्वास्थ्य र दिगोजीवीको पार्जन कार्यक्रम मानसिक स्वास्थ्यमा मनोविमर्शको सेवाको माध्यमबाट कार्यक्रम संचालन गरिरहेको छ ।

रुकुम जिल्ला द्धन्द प्रभावितको समाजिक न्यायको लागि र द्धन्द प्रभावित महिलाको समाजिक न्यायको लागि ओरेकले पैरवी गर्दै आएका ओरेक नेपालका कार्यक्रम अधिकृत दुर्गा बजगाँइले बताउनुभयो । कार्यक्रम अधिकृत बजगाँइका अनुसार समाजमा महिलालाई आफनो शरिर माथि आफनो अधिकार स्थापित गराउनको लागि महिलाको प्रजनन् स्वास्थ्य समस्या ( पाठेघर खस्ने,सेतो पानी वग्ने,यौनी चिलाउने ) लगाएतका समस्या समाधानको लागि स्थानिय स्तरमा पाईने जरीवुटीको माध्यमबाट उपचार पद्धती सिकाउने काम पनि गरिहेको छ ।

कर्णली प्रदेश अन्र्तगत रुकुम र सल्यानमा महिला हिंसा विरुद्धको अभियान , आर्थिक सामाजिक र सास्कृतीक अधिकार अन्र्तगत अधिकारमुखी अवधारणा मार्फत ओरेकले सिमानन्तकृत तथा जोखिममा रहेका समुदायको आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको प्रवद्धन तथा पैरवी गर्दै आईरहेको सो संस्थाले स्थानीय सरकारसँगको समन्वयमा काम गरिरहेको छ ।

महिलाको दिगोजिवीको पार्जन तथा सम्मानित जीवनका लागि शारिरीक,मानसिक,यौन तथा प्रजनन् स्वास्थ्य ,खाद्य अधिकार,गतिशीलता तथा कामको अधिकारको सुनिश्चिताका लागि कार्यक्रमहरु संचालन भइरहेको कार्यक्रम अधिकृत बजगाँईले जानकारी दिनुभयो ।

यसका साथै बाख्रा सहयोग,कृर्षि सामग्री,सिलाई कटाईको लागि मेसिन मनोविमर्श सेवा पनि दिएको छ । द्धन्द्धको समयमा विभिन्न किसिमको जोखिम समस्यामा परेको प्रभावित महिलाको सामाजिक न्यायको लागि हल र पैरवी ,प्रभावित महिलालाई जिवीको पार्जनको लागि बाख्रा सहयोग गरिएको छ ।

यस्तै सिलाइकटाईको तालिम लिएका महिलाले ३ वटा समुहमा बसी व्यवसायिक रुपमा सिलाई सेन्टर संचालन गरिरहेका छन् भने कतिपय महिलाहरु करेसाबारी संचालन गरी तरकारी खेती तर्फ अग्रसर भएका छन् ।