खयर जस्तो देखिने रातो काठ सहित पक्राउ


भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ जगाती चोकबाट नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका ३६ वर्षीय वुद्धि तामाङ र उदयपुर बेलटार घर भएका १९ वर्षीय मोहन नेपालीलाई खयर जस्तो देखिने रातो काठ ५६ केजी सहित आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.४ ख २३०० नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त काठ सहित फेला पारी गाडी चालक वुद्धि र सहचालक मोहनलाई पक्राउ गरेको हो ।