हृदयघातका कारण जापानमा एक नेपालीको मृत्यु


जापान, (नेस) जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बागलुङ बिहुँ ५ निवासी बर्ष ५३ का हितराज कँडेलको ह्रदयघातका कारण मृत्यु भएको हो ।

स्व। कँडेल श्रीमती र ३ छोराहरु सहित खागागोयमा बस्दै आउनुभएको थियो । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा न। ५ निवासी कँडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्थ्यो । बिगत १० बर्ष देखि जापानमा बस्दै आउनु भएका कंडेलको हिज दिनको १२ बजे हृदयघातबाट मृत्यु भएको हो ।

स्व। कँडेलको भोलि मंगलवार साइतामाको खावागोयमा अन्त्येष्टि गरिने भएकोले अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भईदिन जापान बासि नेपालीलाइ बिहुकोट समाज जापानले अनुरोध गरेको छ ।