सयौंको यौन शोषण गर्ने कोचलाई १८० वर्ष जेल

0
Shares

वासिङटन (एजेन्सी)
अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कयौं अपराधका कारण अमेरिकी जिला अदालतले १ सय ८० बर्षको जेल सजायँ सुनाएको छ । ४३ बर्षका ग्रेग स्टिफनलाई कयौं बर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकोमा दोषी पाइएको थियो ।

वासिङटन पोस्टले दिएको समाचारमा स्टिफन आयोवा ब्रनस्टोमर्समा एलिय युथ प्रोग्राम चलाउँछन् । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफना दुई निवासमा सुतेको समयको क्यामरामा रिकर्ड गरेका थिए । स्टिफनका वकिलले उनका लागि २० बर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए ।

उनको विरोधी वकिलले स्टिफन आफैले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्विकारेको तर्क दिएका थिए । एक केटाले प्रहरी समक्ष दिएको बयानमा स्टिफनको सम्बन्ध उनको कलेजको फुटबल टिमसँग पनि भएकोले आफु कयौं बर्षसम्म चुप रहेको बताएका थिए । जिल्ला न्यायधिष सी जेले विलियम्सले भने– स्टिफनले बच्चाहरुलाई जुन क्षति पुर्याएको हो त्यसको भरपाई हुन सक्दैन ।

स्टिफनले अब एक कोचका रुपमा उनका उपलब्धीहरुको कुनै मुल्याङ्कन नुहनेमा आफुलाई अफसोच लाग्ने बताए । यसमा विलियम्सले आक्रमक बन्दै उनले बच्चाहरुमाथि जुन कर्तुत गरेको हो त्यसका लागि कडा भन्दा कडा सजाय दिएपछि मात्र उनलाई सही रुपमा पछुताउ हुने बताए ।