फानीका कारण बंगलादेशमा पनि क्षति

0
Shares

ढाका,(एजेन्सी)
भारतको उत्तरी भागबाट आएको सामुदि«क चक्रवात फानीको कारण बंगलादेशमा ठूलो परिमाणमा क्षति पुगेको सरकारी अधिकारीहरुले आइतवार जनाएकाछन् । दक्षिण एसियाली राष्ट्र बंगलादेशमा एक हजार वटा भन्दा बढि घर र सम्पुर्ण गाउँनै डुबानमा परेको बताइएको छ ।

प्रहरीले यस दैवि प्रकोपमा अहिलेसम्म कम्तिमा पाँचजना व्यक्तिको ज्यान जानुका साथै अन्य त्रिसाठीजना घाइते भएके जनाएको छ । बंगलादेश जलवायु विभागका निर्देशकले करिव दस लाख व्यक्तिलाई सुरक्षित गन्तव्यमा लगिएको र अझै निकै ठूलो चक्रवात आउने खतरा भने नरहेको बताएका छन् ।

शनिवार भारतबाट बंगलादेशको उत्तर पुर्वी दिशा तर्फ बढ्दै जाादा तुलनात्मक रुपमा कम शक्तिशाली बन्दै गएको थियो । तर अझै ७० किलोमिटर प्रतिघन्टाको वेगमा रहेको सो आँधिले समुदि« तटमा रहेका दर्जनौं गाउँ डुबानमा परेका छन् । यसैगरी नोखाली जिल्लाका घरहरुलाई पनि यस चक्रवातले ध्वस्त पारेको छ ।

त्यहाँ १२ र १० वर्षका दुईजना बालबालिका मारिनुका साथै अन्य ३० जना घाइते भएको बताइएको छ । भारतमा पनि फानीबाट जोगाउनका लागि दस लाख भन्दा बढि मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो ।