तरबार र छुरा प्रहरीसमक्ष बुझाउन आह्वान

0
Shares

कोलम्वो,(एजेन्सी)
श्रीलंकामा इस्टर सन्डेमा बिभिन्न चर्च र होटलहरुमा श्रृंखलावद्ध बम आक्रमण भएपछि सरकारले बढ्दो सुरक्षा चासोलाई मध्यनजर राख्दै सर्वसाधारणलाई तरवार र ठूला धारिला छुराहरु सरकारी निकामा बुझाउन आब्हान गरेको छ । यसै साता सुपुर्दगी गर्नका लागि भएको यस आब्हानमा नियमित रुपमा घरायसी प्रयोजनमा रहेका हतियारहरु भने नपर्ने प्रहरीले जनाएको छ ।

२ सय ५३ जना मानिसको ज्यान जाने गरीभएको इस्टर सन्डे आक्रमणका लागि इस्लामिक स्टेट ( आइएस ) ले जिम्मेवारी लिएको थियो । गत २१ अप्रिलको उक्त आक्रमण यता देशका विभिन्न स्थानमा छापा मारेर सयौं संख्यामा हातहतियार वरामद गरिएका छन् ।

साथै गृहमन्त्रालयका प्रवक्ता रुवान गुनासेकराले सर्वसाधारणलाई आइतवार सम्ममा आफुसंग रहेका प्रहरी तथा सेनाको पोशाक पनि नजिकका प्रहरी चौकीमा बुझाउन अनुरोध गरेका छन् । तर उनले यसरी प्रहरी समक्ष हतियार बिसाउनेहरुलाई आम माफी दिइन्छ कि दिइन्नन् भन्ने स्पष्ट पारेका छैनन् ।

इस्टर सन्डे बम काण्डको अनुसन्धानको क्रममा यो कदम चालिएको हो । शनिवार श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले बम काण्डसंग सम्बन्धित करिव २५ देखि ३० जना व्यक्ति अझै फरार अवस्थामा रहेको रोयटर्सलाई जानकारी गराएका थिए ।

तर उनले ति फरार व्यक्तिहरु आत्मघाती बम आक्रमणका सदस्यहरु भएको किटानका साथ भन्ने नसकिने बताएका छन् । श्रील.कालस् सरकारी निकायहरुले भने इस्टर सन्डेमा विगतमा त्यति चर्चामा नआएका स्थानिय इस्लामिक समुहहरु नेसनल थोव्हिद जमाथ र जमाथेइ मिलाथु इव्राहिमको हात रहेको आशंका गरेका छन् ।

साथै तिनीहरुको अन्तर्राष्ट्रि आतंककारी संजालसंग सम्बन्ध रहेको पनि अनुमान गरिएको छ । साथै राष्ट्रपति सिरिसेनाले यस अनुसन्धान कार्यमा आठवटा राष्ट्रका गुप्तचर सेवाले सहयोग गरिरहेको बताएका छन् । साथै उनले आगामी राष्ट्रपतिय चुनाव हुनु अघि नै देशमा आतंकवाद उन्मुलन गरी शानित र सुरक्षा पुनस्र्थापना गर्ने लक्ष रहेको पनि बताएका छन् ।