कट्टरपन्थीमाथि प्रतिबन्ध लगाएकामा ट्रम्पद्वारा निन्दा

0
Shares

स्टर्लिंग (एजेन्सी)
फेसबुकका तर्फबाट कयौं कट्टरपन्थी विचारधाराका ब्यक्तीहरुलाई प्रतिबन्धित गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कदमको निन्दा गरेको छ ।
सामाजिक सन्जाल कम्पनीहरुले उनीहरुको गतिविधिलाई नजिकबाट निगरानी राख्दै आइरहकोमा राष्ट्रपतिले त्यसको आलोचना गरेका छन् । ट्रम्पले शुक्रबार तथा शनिबार आफनो गुनासो ट्विट र रिट्विट गरेका छन् ।

सामाजिक सन्जालका मन्चमा अमेरिकी नागरिकहरुको सेन्सरसिपमाथि आफुले निगरानी गर्ने उनले बताए । यसअघि ट्रम्पले सामाजिक सन्जाल कम्पनी रुढिवाढी प्रति पक्षपात पुर्ण ब्यवहार राख्ने गरेको बताएका थिए । यद्यपी कम्पनीहरुले सँधै यसलाई गलत भएको बताउँदै आरोपलाई अस्विकार गर्दै आइरहेका छन् । राष्ट्रपतिको यो टिप्पणी त्यस्तो बेला आएको हो, जब फेसबुकले यसै हप्ता लुई फराखान, अलेक्स जोन्स र अन्य कट्टरपन्थीहरुलाई प्रतिबन्ध लगाउँदै उनीहरुले खतरनाक ब्यक्तीहरुमाथि लगाइएको उसको रोकको उलंघन गरको जनाएको थियो ।

कम्पनीले दक्षिणपन्थी हस्तिहरु पल नेहलन, मिलो, यानोपोलोस, पल जोसेफ वाटसन र लारा लुम सहित जोन्सको साइट इन्फोवार्स पनि हटाएको छ । यस साइटको माध्यमबाट प्राय षडयन्त्रका सिद्धान्त पोस्ट गरिन्थ्यो । हालैको यो प्रतिबन्ध फेसबुकको मुख्य सेवा तथा इन्स्टाग्राम माथि पनि लागु हुनेछ र फ्यान पेज तथा अन्य सम्बन्धित अकाउन्ट पनि यस दायरामा आउने छ ।