कान्तिपुर र नयाँ पत्रिका भिड्ने

0
Shares

काठमाडौं, (नेस)

नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सोमवारदेखि हुने दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ को उद्घाटन खेलमा कान्तिपुर मिडिया ग्रुप र नयाँ पत्रिका भिड्ने छन् ।

सानेपाको फिल्ड फुटसलमा बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । एक दिनमा दुई समूहको लिग चरणका खेलहरु सकिने छन् । दैनिक १२ वटा खेल हुने छन् । पहिलो दिन समूह जी र एचका खेलहरु हुने छन् । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् ।

वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ ले जानकारी दिए । प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्दा हस्पिटल पार्टनरको रुपमा मेडिसिटी अस्पताल रहेको छ । यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आईडिया एडभरटाईजिङ एण्ड मार्र्केटिङले गरेको छ ।