सगरमाथाको फोहोर उठाउन कोकाकोलाको सहकार्य

0
Shares

काठमाडौं, (नेस)
कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसीसीस“गको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको छ । क्लिन आवर प्राइड भन्ने नाराका साथ शुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको छ ।

पर्यटन विभागका निर्देशक डन्डुराज घिमिरेले भन्नुभयो–‘हामीले सगरमाथा सरसफाई अभियान शुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रो लागि विषेश महत्व राख्दछ । यस प्रकारको आर्थिक र नीतिगत सहयोग प्राप्त गर्दा कार्यक्रम धेरै नै सफल हुने पक्का छ । नेपाल सरकारले यस किसिमका सहयोगको धेरै नै सम्मान गर्नुका साथै कम्पनीलाई शुभकामना पनि प्रदान गर्दछ ।’

अभियानका बारेमा बोल्दै खुम्बु पासाङ ल्हामु गाउ“पालिकाका अध्यक्ष निम दोर्जी शेर्पाले भन्नुभयो–‘ खुम्बु पासाङ ल्हामु गाउ“पालिकाको प्रमुख उद्देश्य वरीपरिका हिमाली भूभागलाई सफा र स्वच्छ राख्नु हो । कोकाकोला लगायतका विभिन्न संघसंस्थाले सगरमाथा सफा राख्ने अभियानमा सहयोग गर्नुभएकोमा हामी एकदमै आभारी छौं । हामीलाई विश्वास छ कि सबै मिली काम गरे यो अभियान पक्कै सफल हुनेछ ।’

सगरमाथा सरसफाई अभियान २०१९ का महत्वपूर्ण स्टेकहोल्डर भएकोमा कोकाकोलालाई हामी नेपाल पर्वतारोहण संघका तर्फबाट मनैदेखि आभार प्रकट गर्न चाहन्छौं । नेपाल पर्वतारोहण संघ हिमाली क्षेत्र सरसफाइमा शुरुवाती दिनदेखि नै सदैव लागि परेको छ । यस अभियानले हाम्रो राष्ट्रिय स्तरमा हुन लागेको नेपाल भ्रमण वर्ष २०२० मा पनि ठुलो टेवा पु¥याउनेमा हामी निश्चिन्त छौ ।’ भनेर नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्त वीर लामाले भन्नुभयो ।

बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदीप पाण्डेले हामी यस अभियानको एक हिस्सा बन्न पाएको गौरवान्भित र आभारी छौं । साथै हाम्रा साझेदारहरूस“ग मिलेर नेपालको दीर्घकालीन विकासका लागि वातावरणको निर्माणमा सधैं लागिपर्नेछांै ।’ भन्नुभयो ।

यस अभियानको सहयोगमा रहेका अन्य स्टेकहोल्डरहरूमा बोटलर्स नेपाल लिमिटेड, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयस पर्यटन विभाग, वनजंगल तथा वातावरण मन्त्रालय, वातावरण विभाग, प्रदेश नं १ को उद्योग, पर्यटन, वनजंगल तथा वातावरण मन्त्रालयस नेपाली सेना, खुम्बु पासाङ ल्हामु गाउ“पालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिति, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदुषण नियन्त्रण संस्था, डब्लु. डब्लु. एफ् नेपाल, नेपाल भ्रमण वर्ष २०२०, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनम गियर रहेका छन्।