एनआईसी एसिया बैंकको नयाँ शाखा गोंगबुमा


काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले काठमाडौं महानगरपालिका– २६, मा नया“ शाखा खोलेको छ ।

उक्त शाखाको सोही वडाका वडा अध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो ।

बैंकको मुलुकभर २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवम् २५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । बैंकल करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।