डीएभी स्कुल सीबीएसई बोर्ड नतिजामा उत्कृष्ट

0
Shares

काठमाडौं, (नेस)
डीएभी सुशील केडिया विश्व भारती विद्यालयले शैक्षिक सत्र २०१८÷१९ को सीबीएसई बोर्ड नतिजामा उत्कृष्ट स्थान प्राप्त गरेको छ । विद्यालयको रिजल्ट नेपालमा सञ्चालनमा रहेका सीबीएसई प्लस टुमध्येको उत्कृष्ट रहेको विद्यालयकी प्रार्चाय भुवनेश्वरी रावले बताइन् ।

सीबीएसई बोर्डको वेभसाइटमा प्रकाशित नतिजाअनुसार डीएभी विद्यालयका गौरब अग्रवालले कमर्स संंकायबाट ९७ दशमलव २० प्रतिशत प्राप्त गरी प्रथम स्थान हाँसिल गरेका छन् । त्यसै गरि डीएभीको कमर्स संकायबाटै शिवम वरमेचाले ९६ दशमलव २० प्रतिशतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

कमर्स संकायबाटै आयुशा हरलालका र मल्लिका सारदा र विज्ञान संंकायका काशी शर्माले ९६ प्रतिशत प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेका छन् । विज्ञान र व्यवस्थापन दुवै संकाय गरी डीएभीका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये २६ जना विद्यार्थीले ९० प्रतिशत भन्दा माथिको नतिजा ल्याउन सफल भएका छन् । गतवर्षहरुमा जस्तै यस वर्ष पनि डि.ए.भी विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।