धनगढी विमानस्थल एक महिनाका लागि बन्द

0
Shares

हेमन्त पौडेल, कैलाली । धनगढीस्थित गेटा विमानस्थल मर्मत गर्नका निम्ति आइतबारदेखि एक महिनाका लागि बन्दगरिएको छ । विमानस्थल मर्मत गर्न लागेपछि हवाई सेवा समेत बन्द गरिएको हो ।दैनिक करिब ३ सयको हाराहारीमा हवाई सेवा प्रयोग गर्ने यात्रुहरुले भने सास्तीझेल्नु परेको छ ।

आपतकालीन काम र विरामी विमानस्थल बन्द भएपछि सबैभन्दा बढीसमस्यामा परेका छन् । यति लामो समयसम्म विमानस्थल बन्द नगर्न भन्दै यस क्षेत्रकास्थानीय बासिन्दा, पर्यटन व्यवसायी, राजनीतिककर्मी, होटल व्यवसायीलागयतकाले आग्रहगरेका थिए । छिटो मर्मत गर्ने प्रविधिबाट काम गर्नुपर्ने माग गरे पनि निर्माणकम्पनीले पुरानै प्रविधिबाट काम शुरु गरेको छ ।हवाई सेवा बन्द भएपछि बसको यात्रा गर्नेको संख्या बढेको छ ।

विगतमा खालीजाने गाडी आइतबार भरिएर गएको सुदूरपश्चिम बस व्यवसायी संघका अध्यक्ष पदम सापकोटालेबताउनुभयो । यात्रुहरुको चाप बढेमा थप सेवा सञ्चालन गर्न बस व्यवसायी संघ तयाररहेको अध्यक्ष सापकोटाको भनाइ छ ।काठमाडांैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा लामो विमानस्थल गेटा विमानस्थल मर्मत गर्नुपर्ने भन्दै एकमहिनाका लागि विमानस्थल बन्द गरेको छ ।

१८०० मिटर लामो धावनमार्ग मर्मतका लागिप्राधिकरणले करिब २४ लाख छुट्याएको थियो तर टेण्डर आह्वानपछि घटाघटबाटलुम्बिनी कोशी एन्ड न्यौपाने खड्का कुष्ण जेभीले १७ करोड ८८ लाख ८६ हजारमाठेक्का लिएर काम शुरु गरेको छ ।टेन्डर गर्दाको समयमा ३०० मिटर मात्र बढी खराब देखिएकोमा पछिल्लो समयमा करिब ८००मिटर खराब देखिएपछि अरु थप २ करोड रुपिया“ थप्ने तयारी भएको आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताउनुभयो । २०६३÷६४ सालमा ५६६० किलो भार थेग्न सक्ने ट्वीनटरविमानका लागि भन्दै विमानस्थल कालोपत्रे गरिएको थियो ।

तर, पछिल्लो समयमा ३२ हजारकिलोको सीआरजे विमान चल्ने थालेपछि विमानस्थ छिटो खराब भएको आयोजना प्रमुखश्रेष्ठले बताउनुभयो । हुन त विमानस्थल कालोपत्रेको टिक्ने समय १० वर्षको भएपनिकरिब १३ वर्ष भइसकेकाले पनि विमानस्थल जीर्ण बनेको थियो ।विमानस्थलको करिब ८०० मिटर धावनमार्ग पूर्ण रुपमा खराब भएकाले त्यसलाई पूर्णउत्खनन गरेर विशेष प्रकारको मर्मत गर्ने तयारीमा प्राधिकरण लागेको छ ।

पूर्वबाटकरिब ३५० मिटर छोडेर विशेष प्रकारको पिच गर्ने काम शुरु भएको छ । भने एक हजारमिटर धावनमार्ग ओभर लेपको काम पनि शुरु भएको छ । ओभरलेप करिब १० सेमीमोटाई हुने धनगढी विमानस्थलका प्रमुख तेबहादुर बथापाले जानकारी दिनुभयो ।एक महिनाभित्र मर्मत सम्पन्न गर्ने लक्ष्य लिए पनि त्यसभन्दा अघिनै सक्ने योजनाका साथनिर्माण कम्पनी लागेको कम्पनीका इन्जिनियर सचिन थापाले बताउनुभयो । साधनस्रोतको कमी नभएकाले काम समयमा सक्ने योजना रहेको कम्पनी जनाएको छ ।