काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
काबेली करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको छ । आयोजनाअन्तर्गत सोयाक (इलाम)–फिदिम –पा“चथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पा“चथरको फिदिमस्थिति थापाटार सबस्टेसनमा जोडिएको छ । ४२ दशमलव ८८ किलोमिटर लम्बाई भएको प्रसारणलाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।

‘निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं,’ घिसिङले भन्नुभयो ।‘अब त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन अभावमा खेर जाने छैन ।’

उहा“ले फिदिम–अमरपुर (पा“चथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने बताउनुभयो ।
प“चथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारणलाइन इलाम, पा“चथर, तेह्रथुम हु“दै पा“चथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टारमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बा“की छ ।

लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजबाटै सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । प्रसारणलाइनको बाटो (राइट अफ वे)मा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पा“चथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।

समस्या समाधानका लागि कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयस“ग छलफल गरेका थिए ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत्् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारणलाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सबस्टेसनमा जोडिने छन् ।

१३ दशमलव ३३ किलोमिटर लम्बाई भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिनुभयो । ‘बा“की एउटा टावर खडा हु“दैछ, करिब ७ किलोमिटर तार तानिसकेका छौं, बा“की काम सकेर १५ असारभित्रमा लाइन सञ्चालन गर्ने गरी काम गरिरहेका छौं,’ उहा“ले भन्नुभयो ।

३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङ लगायतका निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् तेस्रो खण्डमा जोडिने छ ।

काबेली करिडोर प्रसारणलाइन निर्माण करिब १० वर्ष अघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।