पञ्चकन्याद्वारा प्लम्बिङ तालिम प्रदान

0
Shares

काठमाडौं, (नेस)
पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाइन इन्टरप्राइजेज, भारतको सहकार्यमा दाङमा प्लम्बिङ तालिम सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागिता भएको थियो । नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुपले सर्वप्रथम प्रारम्भिक प्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाइन इन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेसनल प्रशिक्षकद्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको थियो ।

यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीलाई सीपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ ।

पञ्चकन्या ग्रुपले यस वर्ष पनि नेपालको पूर्वदेखि पश्चिमसम्म सधैझै प्लम्बिङ तालिमको दिई रहेको ह“ुदा इच्छुक भएकाले इन्टरनेटमार्फत आफ्नो व्यक्तिगत विवरण बुझाई सीपमुलक तालिममा सहभागिता भई प्रमाण–पत्र लिन आग्रह गरेको छ ।