यामाहा एफजी राइड ह्विथ रोडिज् टु लोमान्थाङ शुरु

0
Shares

काठमाडौं, (नेस)
यामाहा एफजी राइड ह्विथ रोडिज् टु लोमान्थाङको औपचारिक शुरुवात (फ्ल्याग अफ) काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलोपटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्नेछन् ।

उनीहरुको हौसला बढाउन द हिमालयन रोडिज्का जजद्वय रेमन दास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी भएका छन् ।

यामाहाको साहसिक यात्राको फ्ल्याग अफ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सीईओ चिरञ्जीवी शाहले गर्नु भएको हो । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड ह्विथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुस“ग बलियो सम्बन्ध गा“स्नु हाम्रो एउटै मात्र चाहना हो ।’ प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो ।

एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी ३.० पनि सहभागी हुनेछ । यो फ्युल इन्जेक्सन प्रविधि र एबीएस भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

राइडल टोलीमा इटहरीका विशाल राई र सन्दिप शर्मा, चितवनका सम्मान श्रेष्ठ र सुजन पौडेल, बुटवलका अनिल बराल र सागर बुर्जमगर, काठमाडौंका जीवन बयलकोटी, दीपु महर्जन र आयुषराज खनिया, पोखराका सन्दिप क्षेत्री, ज्ञानेन्द्र विक्रम शाही र विशाल अर्याल र महिला चालक पूजा गुरुङ रहेका छन् । उनीहरुका साथमा मोटोभ्लगर राइड ह्विथ सागर (सागर थापा) र बाइकर्जरेभ्स (जुनेश त्वाना) पनि छन् ।