एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिजर्टमा छुट

0
Shares

काठमाडौं, (नेस)
एभरेष्ट बैंकले ग्राहकलाई छुट र विशेष प्याकेजको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिजर्टस“ग साझेदारी गरेको छ । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकले आवास, स्पा र सेवा तथा रेस्टुरेन्ट र बार सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौताअनुसार एभरेष्ट बैंकका ग्राहकले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाखभन्दा बढी रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम रहेको छ ।