युवालाई उद्यमशीलतामा लगाउन प्रमको जोड

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो दक्षिण एसियाको समृद्धिमा यस क्षेत्रका राष्ट्रहरूको सामूहिक प्रयासमा जोड दिनुभएको छ ।

समक्ष सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठकमा भाग लिन काठमाडौंमा आएका सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेसहितको सार्कका उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिंगो दक्षिण एसियानै ज्ञान भूमि, तपोभूमि र प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले अब हामीले यस क्षेत्रलाई समृद्ध क्षेत्र, खुशी जनताको अभियानमा लैजानुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

दक्षिण एसियाका व्यावसायिक नेतालाई प्रधानमन्त्री ओलीले युवा जनसंख्याले भरिपूर्ण यस क्षेत्रमा उद्यशीलता प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरी समृद्ध क्षेत्र, खुशी जनता बनाउने अभियानमा लाग्न आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीले हालै सम्पन्न लगानी सम्मेलनको समेत स्मरण गर्नुहु“ंदै अधिकांश जनता युवा र काम गर्ने उमेर समूहका रहेका, लगानीका लागि समेत प्रचुर सम्भाव्यता र क्षेत्र रहेकाले नेपालमा आएर लगानी गरी यस क्षेत्रलाई नै लाभान्वित बनाउन सार्कका व्यावसायिक नेतालाई अपिलसमेत गर्नुभयो । ‘तपाईहरूको एकता र सहकार्यबाट यस क्षेत्रको समृद्धिमा आमूल परिवर्तन ल्याउन सकिन्छ, यस क्षेत्रमा रहेका प्रचुर सम्भाव्यतालाई उजागर गरी अन्तर्राष्ट्रिय लगानीलाई यस क्षेत्रमा आकर्षित गर्न पहल थाल्नुहोस्,’ प्रधानमन्त्रीले भन्नुभयो ।

संघका अध्यक्ष रूवान इदरिसिंघेले दक्षिण एसिया आर्थिक विकासमा तीव्रतर रूपमा अगाडि बढ्दै गएकाले यस क्षेत्रको महŒव आगामी दिनमा अझ बढ्दै जाने भन्दै यस क्षेत्रको आर्थिक विकासका लागिसंघले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । नेपाल सहित सिंगो दक्षिण एशिया यतिखेर बाह्य लगानी आकर्षण सहित आर्थिक विकासमा तीव्रतर रूपमा अगाडि बढीरहेका भन्दै पछिल्लोपटक नेपालमा स्थिर सरकारसहित लगानीका लागि आवश्यक नीति कानुनमा समेत आमुल परिवर्तन गरिएकाले बाह्य लगानी आकर्षण हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष रूवानले बताउनुभयो ।