प्रभु बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा


काठमाडौं, (नेस)
प्रभु बैंकले विराटनगर महानगरपालिका तीनपैनीस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरभित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन श्रम तथा वैदेशिक रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलले गर्नु भएको थियो।

एक्सटेन्सन काउन्टर खेलेपछि वैदेशिक रोजगारीमा जाने सेवाग्रहीका लागि आवश्यक श्रम स्वीकृतिवापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको सहज हुने बैंकले जनाएको छ ।