नगरपालिकाले रणनैतिक योजना निर्माण गर्दै


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट नलगाड नगरपालिकाले संचालन गर्ने कार्यक्रमहरुलाई प्रभावकारी जनमुखी बनाउन रणनैतिक योजनाको आयोजना गरी राजनैतिक दल, शिक्षक, विषयगत शाखाहरुसग कार्यक्रम गरेको छ ।

रणनैतिक योजना कार्यक्रममा विषयगत शाखाका प्रमुखहरुले संचालन गरेका कार्यक्रम लगाएत नलगाड नगरपालिकाको समृद्धका लागी वर्तमान अवस्थामा भएका कमजोरी आगामी दिनमा सुधार गर्दै लिनको लागी कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नलगाड नगरपालिकाको कार्यालयबाट संचालन भएका स्वाथ्य शाखा,शिक्षा युवा तथा खेलकुद शाखा, पशुपंन्छि विकास शाखा कृषि शाखा लगाएतले संचालित कार्यक्रम र आगमी दिनमा नगरपालिकाले गर्नु पर्ने कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

नगरपालिकाले आगामी दिनमा सवै वडाहरुको समस्या पहिचान गरी उत्पादन हुने निश्चित ठाउँमा कार्यक्रम संचालन गरी आयआर्जन लगाएत स्वास्थ्य शिक्षा कृषि पशु पंन्छिलाई व्यवस्थीत गर्न विषयगत शाखाका प्रमुखहरुले पेश गरेको कार्यपत्रका आधारमा योजना निर्माण गरी आगामी नगर सभाबाट कार्यन्वयन गर्न कार्यक्रम गरिएको नलगाड नगरपालिकाका नगर प्रमुख टेक वहादुर रावलले वताउनु भयो ।
गत आर्थिक वर्षमा कार्यालयले वितरण गरेका वस्तु प्रभावकारीता नभएकाले उपभोक्ताहरुले पशु कार्यालय, नगरपालिकाको हो भन्ने भावनाले गर्दा संरक्षण नगर्ने लापरवाहि गर्ने भएकोले केहि वजेट उपभोक्ताहरुको राखी आफनो हो भन्ने वनाउन आवश्यक भएको आधार वजेट उपभोक्ताको हुनु पर्ने पशु पन्छि शाखाका प्रमुख अमृत गिरीले वताउनु भयो ।

मानिसको पहिलो आधार शिक्षा भएकोले नलगाड नगरपालिका भित्रको शैक्षिक अवस्था सुधारका लागी शिक्षा तथा खेलकुद शाखाका प्रमुख वलवीर विकले शैक्षिक क्षेत्रमा देखिएका व्यथिति अन्त्य गर्न जनप्रतिनिधि लगाएत सरोकारवाला निकायहरु लाग्नु पर्ने वताउनु भयो ।

नलगाड नगरपालिकामा विद्यालय संख्य ७१ वटा भएकोमा मा वि ९, निमावि १० , प्रावि ५२ मा अनुमति लिएर संचालन गरेका १३ वटा, बाल विकास ४८, सामुदायिक सिकाइ केन्द्र ५ अनुमति विन संचालन भएको संस्थागत विद्यालय २ वटा रहेको छन् । उक्त विद्यालयमा मावि निमावि प्राविमा १ सय ४९ जना शिक्षक रहेको छन् ।

नलगाड नगरपालिका भित्र कक्षा एक देखि १२ सम्म ९ हजार ७ सय ५३ जना विद्यार्थीहरु अध्ययन अध्यपन गरिरहेको वताउनु भयो । विद्यालय धेरै विद्यार्थीको अनुपात कम भएर पनि शिक्षा क्षेत्र कमजोर वन्दै गएकोले शिक्षामा भएको कमजोरी पत्ता लगाई सुधार गर्न आग्रह गर्नु भयो ।

नलगाड नगरपालिका भित्रका उत्पादन हुने क्षेत्र पहिचान गरी कृषिका कार्यक्रम पशु पालन हुने क्षेत्र पहिचान गरी पशु पालन, शिक्षा,लगाएत स्वास्थ्यमा सुधार ल्याउन आगामी नगर सभामा योजना वनाउन सहजता ल्याउन कार्यक्रम गरेको हो । नगरपालिका भित्र पशु पालन, कृषि क्षेत्र लगाएत स्वास्थ्य क्षेत्रहरुको पकेट क्षेत्र वनाई समृद्ध नगर वनाउन कार्यक्रमको आयोजना गरेको नगर प्रमुख रावलले वताउनुभयो ।