कालीगण्डकीमा डुबेर बालकको मृत्यु


बेझाड ।
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर निस्दी गाउँपालिका–१ भोटाहाका १३ वर्षीय बालक बिक्रम रानाको मृत्यु भएको छ ।

आज मध्यान्ह्को समयमा सार्थीसँगै पुट्टारघाट नजिकै कालीगण्डकीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

उनको शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ । राना घरदेखि पाँच समय मिटर तल रहेको कालीगण्डकीमा पौडी खेल्न साथीसँग गएका थिए ।
रासस