भत्ताले मात्रै अपांगहरुका समस्या समाधान हुन नसक्ने


धनवीर दाहाल, रुकुम ।
कर्णाली प्रदेश सभा सदस्य रातो कामीले राज्यले तोकेका भत्ताले मात्रै अपांगहरुका समस्या समाधान हुन नसक्ने बताउनुभएको छ । अपाङ्गग ऐन २०७४÷०७५ सम्बन्धी जानकारी दिन अपाङ्गग पुर्नउत्थान विकास केन्द्र र अपाङ्गग नवजागरण केन्द्र आठविसकोटकले रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आयोजना गरेको दुइ दिने अन्तरक्रिया गोष्टीको उद्धटान गर्दै सांसद कामीले यस्तो बताउनु भएको हो ।

अपांगहरुको हक हितका लागी कर्णांली प्रदेश सरकारले महत्वपूर्ण निती तथा कार्यक्रमहरु ल्याउने जानकारी दिनुभयो । प्रदेशका १० वटै जिल्लामा रहेका अपाङ्गहरुका हक, हित र अधिकारका लागी प्रदेश सरकारले कार्यविधि बनाउने तयारी गरेको पनि कर्णाली प्रदेश सभा सदस्य कामीले बताउनुभयोे । उक्त कार्यक्रममा बोल्दै आठविसकोट नगरपालिकाका उपप्रमुख गिता नेपालीले यो नगरपालिका भित्रका अपांगहरुको अवस्था दयनिय भएको भन्दै अपांगहरुको हक अधिकारका लागी नगरपालकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

यसैविच कार्यक्रममा बोल्दै अपाङ्ग पुनरुउत्थान विकास केन्द्र आठविसकोटका अध्यक्ष राजविर चन्दले आठविसकोट नगरपालिकाभित्र अपाङ्गहरुको लागी बनाइएका नितिहरु लागु नभएको बताउनुभयो । जनताले चुनेर पठाएका जनप्रनिधीहरुले अपाङ्गगरुका लागी केही काम गर्न नसकेको भन्दै अध्यक्ष चन्दले कर्णाली प्रदेश सांसद कामीको ध्यान आकर्षण गराउनुभयो । पटक पटक अनुरोध गर्दा पनि अपाङ्गहरुका मागहरु सम्बोधन नभएको गोष्ठीमा सहभागी अपाङ्गहरुले गुनासो गरेका छन ।

अपाङ्गहरुलाई राज्यले निशृल्क शिक्षाको व्यवस्था गरेको भए पनि नगरपालिका भित्रका केही विद्यालयहरुले अपाङ्ग भएकाहरु बाटै शुल्क लिइरहेको उनीहरुले गुनासो गरेका छन । यस्तै सार्वजनिक यातायातमा पनि अपाङ्गहरुका लागी कुनै सुविधा लागु नभएको यहाँका अपांगहरुले दुखेसो गरेका छन ।

यसैविच कार्यक्रममा बोल्दै अपांग पुनरउत्थान केन्द्र सिम्ता सुर्खेतका अध्यक्ष योगेद्र शाहीले अपाङ्गता भएका बालबालिककाहरुलाई शिक्षाबाट बञ्चीत गराउन नहुने बताउनु भएको छ । उहाँले नगरपालिका भित्रका अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्ग पुनरउत्थान केन्द्र सिम्ता सुर्खेतमा लगी शिक्षाको पहुँचमा पु्य्राउन आग्रह गर्नुभयो ।

गोष्ठी उद्धटान कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले समान्ता र समावेशीताको आधारमा अपाङ्गता भएका व्यक्तिहरुले राज्यले दिएका सबै सेवा सुविधा पाउनु पर्नेमा जोड दिएका छन । दुई सम्म चल्ने गोष्टीमा आठविसकोट नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको छ । गोष्ठीको सहजीकरण कानुन व्यवसायी तथा अधिबक्ता गणेश हमालले गरिरहनु भएको छ ।