७५ हेक्टर क्षेत्रफल जग्गामा चैते धान खेती


सर्लाही ।
सर्लाहीमा यस वर्ष ७५ हेक्टर क्षेत्रफल जग्गामा चैते धान खेती गरिएको छ । किसानले हर्दिनाथ १, चैते ५, चैते २ जातको धान रोपेका छन।
साविक हरिपुर,लक्ष्मीपुर ,फरहथवा,कबिलासी, जब्दी ,लालबन्दी, हरिपुर्वा ,संग्रामपुर लगायका स्थानमा चैते धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख प्रदिप ठाकुरले जानकारी दिनुभयो । सरकारले अघिल्लो वर्ष सर्लाहीमा चैते धान प्रवर्द्धन कार्यक्रम संचालन गरेको थिय।त्यसबेला किसानले अनुदानमा चैते धान खेती गरेका थिए ।

चैते धान प्रवर्द्धनका लागि किसानलाई बीउ मल अनुदान दिएको थियो । पर्याप्त सिचाइ सुविधा भएको जग्गा किसानले सजिलोसँग दुई बाली धान खेती गर्न सक्छन् ।सिचाइ नभएका जग्गामा भुमिगत सिचाईको भरमा खेती गर्न पर्ने भएकाले किसनालाई लागत महगो पर्ने हरिपुरका किसान सुकविर चौधरीले बताउनुभयो ।

चैते धान खेती गर्ने किसानलाई स्थानीय तहले अनुदानमा धानको बीउ वितरण गरेको छ । चैते धान प्रति हेक्टर चार मेक्ट्रिटन धान उत्पादन गर्ने सक्ने ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। चैते धान खेती गर्ने किसानलाई लक्ष्यित गरि आगामी वर्षबाट थप प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउने केन्द्रले जानएको छ ।