सरकारको नीति तथा कार्यक्रम माथि कांग्रेसको संशोधन प्रस्ताव


काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रमले संघीयता कमजोर हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले संशोधन प्रस्ताव पेश गरेको छ ।

काग्रस प्रमुख सचेतक वालकृष्ण खाण, डा. मिनेन्द्र रिजाल, पुष्पा भुषाल लगाएत २४ जना सांसदले सयुक्त रुपमा दर्ता गराएको प्रस्तावमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपालको संविधानले लोकतान्त्रीक गणतन्त्रात्मक शासन संस्थागत गर्न बनेको सबै धारा विपरित भएको आरोप पनि लगाइएको छ ।

संविधान विपरित आएकोले संशोधन गर्नुपर्ने भन्दै काग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा लोकतान्त्रीक व्यवस्थमा आधारभुत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तुत गरिएको उल्लेख छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले बुदा नं ३ देखि २१५ सम्म विभिन्न बुदामा ‘मेरो सरकार’ भनी लेखिएकोमा यसमा ‘नेपाल सरकार’ भनि संशोधन गर्नुपर्ने काग्रेसको प्रस्ताव छ ।
सरकारको नीति तथा कार्यक्रम मार्फत प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षप गर्न खोजिएको भन्दै संशोधन प्रस्ताव पेश गरिएको काग्रेसले जनाएको छ ।

नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव 1