प्रदेश– १ का तीन सय प्रहरीलाई कारवाही


विराटनगर ।
प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कार्वाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताउनुभयो । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कार्वाही भएको उहाँले बताउनुभयो ।

आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरीक अनुशासन भगं गरेकाले कार्वाही गरेका हो । डिआईजी केदार रिजालका अनुशार संगठनमा गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।

संगठन केहि हद सम्म सुध्रदै गएको वताउँदै उहाँले संगठनमा आन्तरीक सुद्धिकरण चलीरहने वताउनुभयो । यो चालु आर्थिक बर्षमा मात्र ४ सय १३ जना राम्रो काम गर्नेलाई सम्मान गरिएको छ ।

प्रदेश एकका विभिन्न चौकी ,इलाका ,जिल्ला प्रहरी कार्यलय लगायतका ठाउँमा वस्दा आर्थिक चलखेल गरी घुष लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक सुद्धिकरण गरीएको डिआईजी रिजालले बताउनुभयो । पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी रहेको छ ।