महासचिव पौडेललाई पदबाट राजीनामा दिन काँग्रेस नेताको माग


यमलाल भुसाल, बुटवल ।
नेपाली कांँग्रेसका तर्फवाट रुपन्देही जिल्लाको विभिन्न तहको निर्वाचनमा उम्मेदवार बन्नु भएका नेताहरुले नेकपाका महासचिव बिष्णु पौडेललाई नैतिकताका आधारमा जिम्मेवारी पदबाट राजिनामा दिन आग्रह गर्नु भएको छ ।

नेताहरुले महासचिव पौडेललाई प्रतिनिधिसभा निर्वाचनमा विजयी गराएका मतदातासंग माफि माग्न समेत सुझाव दिनु भएको छ् ।
बालुवाटारकोे सरकारी जग्गा ललिता निवाषको ११४ रोपनी जग्गा भुमाफीयालाई मिलाउन र ८ रोपनी जग्गा महासचिव पौडेल आफनो छोराको नाममा गराएको विषयले राष्टिय चर्चा बनेको छ ।

यसै वियषलाई लिएर प्रतिनिधिसभा निर्वाचनमा पौडेलका निकतम प्रतिद्धन्दी रहेका युवराज गिरीसँगै नेपाली काँग्रेसबाट गत निर्वाचनमा प्रतिष्पर्धा गरेका प्रदेश सभाका उम्मेद्धवारहरु महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकामा नगरप्रमुखका उम्मेद्धवार खेलराज पाण्डे, सैनामैना नगरपालिकामा नगर प्रमुखका उम्मेद्धवार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकामा नगरप्रमुखका उम्मेद्धवार रामकृष्ण खाँणले सामुहिक रुपमा विज्ञप्ति मार्फत शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी पौडेललाई राजनीतिक नैतिकता भए राजिनामा दिन सुझाव दिएका हुन् ।

विज्ञप्तिमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ का आम नागरिकहरु हाम्रा आफ्ना जनप्रतिनिधीहरु असल, इमान्दार, लगनशिल, कक्र्तव्यनिष्ठ, सदचरित्रवान, निष्कपट र निष्कलंक सेवकका रुपमा रहुन भन्ने चाहना उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आम नागरिकको भावना र चाहनालाई पुरा गर्न पहल गर्नुको सट्टा संघीय संसदका सदस्य एवं नेकपाका महासचिव पौडेलले जन अभिमतलाई अपमानित गर्दै निहित व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री निवास बालुवाटारमा रहेको सरकारी जग्गालाई भूमाफिया र दलालहरुसंग मिली विचौलियाका रुपमा सरकारी कार्यालयहरुमा दवाव दिदंै कागजात तयार गरेर ललिता निवासको ११४ रोपनी जग्गा भूमाफियाको नाममा गराउन सहयोग गरेको आरोप लगाइएको छ ।

आफ्नो पदिय मर्यादा र गरिमाको दुरुपयोग गरी यस्तो काम गर्नु आफैमा गलत भएको भन्दै विज्ञप्तिमा त्यतिले मात्र नपुगी भूमाफियासंग मिलोमतो गरी अर्वौंको सरकारी जग्गामा करौंडोको भ्रष्टाचार गर्दै नजराना स्वरुप आफ्ना छोरा नविन पौडेलका नाममा आठ आना जग्गा दर्ता गराएको र सो जग्गा प्रतिआना रु ५० हजारमा किनेको भनी ढांट्ने कोशिस गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

यस्तो विशम परिस्थितिमा भ्रष्टाचारको यथार्थ छानवीन गरी अपराधीलाई कारवाही गर्नु पर्नेमा सरकार उल्टै पौडेलजी ठगीनुभएको छ उहांँलाई राज्यले क्षति पुर्ति दिनु पर्छ भनेर सरकारका प्रवक्ता गोकुल प्रसाद वास्कोटाले भन्ने र प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो पार्टी र सरकारलाई बदनाम गर्न यस्तो गरिएको हो पौडेलजी निर्दोष हुनुहुन्छ भनी चोरलाई चौतारी बनाउदै भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुवेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो अवस्थामा के विष्णु पौडेलले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गर्दै विज्ञप्तिमा जनताले सत्य तथ्य थाहा पाउने अवसरका लागि आफुले पदीय हैसियत छोडेर छानवीनका लागि वातावरण बनाउनु पर्नेमा जोड दिइएको छ ।