सशस्त्र प्रहरीद्धारा ९० हजार बराबरको अवैध समान बरामद


(किरन धामी, दार्चुला ।
सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट भञ्सार छली नेपाल भित्र्याइदै गरेको अवस्थामा करिव ९० हजार बराबरको अवैध समान बरामद गरेको छ ।

नं. ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी नायव निरिक्षक मनिराम पार्की नेतृत्वको टोलीले शनिबार विहान भारतबाट ल्याउदै गरेको अवस्थामा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मेलखेतबाट ४ सय ७९ जोर विभिन्न साईजका चप्पल र १ सय ६० बण्डल घोडा बिडि बरामद गरेको गुल्मपति भिम चन्दले जानकारी दिनुभयो ।

८९ हजार ५ सय ४० मुल्य बराबरको समान भञ्सार छली गरेर ल्याउदै गरेको अवस्थामा बरामद गरिएको उहाले बताउनु भयो । भारत बाट अवैध रूपमा भन्सार छली ल्याउदै गरेको चप्पल र घोडा बिडी बरामद गरी आवश्यक कार्वाहीको लागि छोटी भञ्सार कार्यालय दार्चुलामा बुझाएको गुल्मपति चन्दले जानकारी दिनुभयो ।