सिभिल बैंकद्वारा विभिन्न बैंकसँग सम्झौता


काठमाडौं, (नेस)
सिभिल बैंकले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसं“ग सम्झौता गरेको छ ।सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक विजय रिमालले छुट्टाछुट्टै कार्यक्रमका बीच हस्ताक्षर गर्नुभयो ।

अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउ“दा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।