राइनो ५०० डिको निर्माणकर्मी भेला सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने नारा सहित जगदम्बा स्टील्स्ले केही समयदेखि विभिन्न स्थानमा निर्माणकर्मी तथा निर्माण व्यवसायी संलग्न बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसै अभियानलाई निरन्तरता दि“दै पोखरामा आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा जगदम्बा स्टील्स्को उत्पादन राइनो ५०० डि फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण कार्यक्रममा पेश गरिएको थियो । उक्त उत्पादनको बारेमा बोल्ने क्रममा जगदम्बा स्टील्स्का ब्राण्ड म्यानेजर निरजमान बानियाले फलामे छडको उत्पादन प्रक्रिया, गुणस्तर र भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण कसरी गर्न सकिन्छ र यसमा फलामे छडको डक्टिलिटी (लचकता) क्षमताको कस्तो भूमिका रहेको हुन्छ भन्ने कुराको विस्तृत जानकारी दिनुभएको थियो ।

जगदम्बा स्टील्स्कोे हालै सुरुवात गरिएको हाम्रो विश्वास राइनो डक्टिलिटी नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नया“ जनचेतना अभियानका बारेमा पनि अद्यावधिक गराइएको थियो । हाल यस अभियान देशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत जारी छ ।

डक्टिलिटी (लचकता) र मजबुतीको सन्तुलित संयोजनयुक्त नेपालको एकमात्र ५०० डि ग्रेड फलामे डण्डी राइनोले कसरी निर्माणलाई उच्चतम पकड शक्ति प्रदान गर्दै पूर्ण सुरक्षा दिन्छ भन्ने कुराको पनि विस्तृत जानकारी कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष राम बहादुर गुरुङ ज्यु ले नेपालको भौगोलिक अवस्था मध्यनजर गर्दै राइनो ५०० डि को प्रयोगले नै भूकम्पको जोखिम प्रतिरोध गर्न सकिने र यसले आइपर्न सक्ने क्षतिको न्यूनीकरणमा ठूलो मद्दत पु¥याउने कुरामा जोड दिनुभयो ।