सार्कस्तरीय संयुक्त लगानीमा जोड

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं

सभामुख कृष्णबहादुर महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पु¥याउने विश्वास प्रकट गर्नुभएको छ ।

सार्क उद्योग वाणिज्य संघको ७७औं बैठकको काठमाडौंमा उद्घाटन गर्दै उहा“ले सो कुरा बताउनुभएको हो ।

दक्षिण एसियाली राष्ट्रहरूबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहु“ंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताउनुभयो ।

बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजित सो कार्यक्रममा सभामुख महाराले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई मजबुत पार्दै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा एकीकृत प्रयासको खा“चो समेत आंैल्याउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुं“दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताउनुभयो । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्कलगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उहा“ले बताउनुभयो ।

अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तारमार्फत यस क्षेत्रको समृद्धि हासिल गर्ने कार्यमास ंघको नेतृत्वदायी भूमिकाको अपेक्षा पनि गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले संघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । बैठक आयोजना गर्न महासंघबाट पाएको सहयोगको लागि आभार समेत प्रकट गर्नुभयो । अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिनुभयो ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, ऊर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटनलगायतका क्षेत्रमा आपसी सहकार्य र संयुक्त लगानीको खा“चो आंैल्याउनुभयो । उहा“ले बाह्य लगानी आकर्षणका लागि नेपालले गरेका नीतिगत सुधारलगायतका विषयमा समेत प्रष्ट पार्नुभयो ।

सार्क उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडि बढाउनुपर्नेमा जोड दि“ंदै संघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।

‘दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र’

अर्थमन्त्री डा.युवराज खतिवडाले दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताउनु भएको छ ।

एसियाली विकास बैंकको ५२औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकको सन्दर्भमा फिजीको नादीमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १३औ बैठकलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो ।

दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउ“दै गएको भएता पनि अन्तर्देशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसक्दा अन्तर्देशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने सम्भावना भए पनि पा“च प्रतिशतभन्दा माथि पुग्न नसकेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो वर्षसम्म ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।

उहँ“ले लगातार उच्च आर्थिक वृद्धि हासिल गरिर हु“दा व्यापारघाटा र बाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको बताउ“दै आगामी दिनमा उच्च आर्थिक वृद्धि र बाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पु¥याउने जानकारी दिनुभयो ।

एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ टे«जरीका उच्च पदस्थ अधिकारीहरुस“ग भएको बेग्ला बेग्लै द्विपक्षीय बैठकहरुमा मन्त्री खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारको बारेमा जानकारी गराउनुभयो ।

नेपालमा उच्च आर्थिक वृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिकहकको कार्यान्वयन गर्न, भूकम्पपछिको पुनर्निर्माण खास गरी आवास र विद्यालय भवनको पूनर्निर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदार लाई नेपालमा थप सहायता प्रदान गर्न आह्वान गर्नुभयो ।