‘प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि’

0
Shares

सुर्खेत, (नेस)
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार अर्गानिक कृषि भएको बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि वजार व्यवस्थापन समितिको भवनको औपचारिक उद्घाटन गर्दै मन्त्री केसीले प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि भएको बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री केसीले अर्गानिक कृषिका माध्यामवाट कर्णालीको गरिबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरिब किसानको जीवनस्तर माथि उठ्ने कार्यक्रम सञ्चालन गरिने वताउनुभयो ।
मन्त्री केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति बनाउने र त्यसैको आधारमा बजेट तथा कार्यक्रम निर्माण हुने विश्वास दिलाउनुभयो ।

वास्तविक किसानको सुझावबाट निर्माण गरिएको नीतिले गरिब खोज्दै जाने कार्यक्रम निमार्णमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा गरिव किसानले प्राप्त गर्न सक्ने अनुदानको कार्यक्रम सञ्चालन गरिने उहा“ले बताउनुभयो ।

मन्त्री केसीले कर्णालीको स्थानीय उत्पादनको बारेमा जानकारी लिन सूचना केन्द्रको विकास गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशको भुगोल सुहाउ“दो उत्पादनको जानकारी लिने खालको सूचना केन्द्र बनाउनुपर्ने उहा“को धारणा थियो । कर्णालीमा अब स्थानीय उत्पादनको वृद्धि गर्ने योजना जरुरी भएको उहा“ले औल्याउनुभयो । ‘

८७ प्रतिशत किसान भएको प्रदेशले स्थानीय उत्पादनमा वृद्धि गरी आयस्तर वृद्धि गर्नुपर्छ’ उहा“ले भन्नुभयो ।
किसानले उत्पादन गरेका वस्तुको बजारीकरण प्रदेश सरकारले गर्ने मन्त्री केसीले बताउनुभयो ।