काठमाडौं, (नेस)
रुट्स फेसन प्रालिअन्तर्गत लेबल्स स्टोर प्रालि लामो समयदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरका विभिन्न चर्चित ब्राण्डका खेलकुद पोशाक तथा खेल सामग्रीको बिक्री गर्दै आएको छ ।
यसै सन्दर्भमा लेबल्स स्टोर प्रालिले सन् २००९ देखि प्रत्येक दुई वर्षमा एकपटक पुराना जुत्तास“ग नया“ एडिडास जुत्ता साट्न पाउने ‘शु एक्सचेन्ज’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । एक्सचेन्ज कार्यक्रम यसपटक मे १९ तारिखदेखि मे ३१ तारिखसम्म सञ्चालन हुनेछ । एक्सचेन्ज कार्यक्रममा सहभागी उपभोक्ताले पुरानो जुत्ता ल्याएर छोडेवापत नया“ जुत्ताको खरिदमा आकर्षक छुट पाउनेछन् ।
७ हजार ९ सय ९९ रुपिया“सम्म मूल्यपर्ने जुत्ता खरिद गर्न चाहे पुरानो जुत्ता ल्याउनेले २ हजार रुपिया“ छुट पाउनेछन् । यसैगरी त्योभन्दा माथि मुल्यको जुत्तामा भने ३ हजार रुपिया“ छुटको व्यवस्थाछ । पुरानो जुनसुकै ब्राण्डको लगाउन मिल्ने स्पोर्टस सुज ल्याउन सकिनेछ ।
व्यावसायिक सामाजिक दायित्वअन्तर्गत कम्पनीले प्रत्येक वर्ष एक्सचेन्जबाट प्राप्त जुत्ता विभिन्न सामाजिक अभियानलाई प्रदान गर्दै आएको छ । २००९ मा पहिलोपटक गरिएको ‘शु एक्सचेन्ज’ कार्यक्रमबाट प्राप्त जुत्ता कर्णालीको सिडिएस पार्कलाई उपलब्ध गराइएको थियो । यसैगरी २०११ को दोस्रो तथा २०१३ को तेस्रो संस्करणमा प्राप्त जुत्ताहरु माइती नेपाललाई प्रदान गरिएको थियो ।
२०१५ मा गरिएको चौथो संस्करणमा प्राप्त जुत्ताहरु न्यानो संसार तथा २०१७ मा गरिएको पा“चौं संस्करणका जुत्ता कीर्तिमान धावक हरिबहादुर रोकायाद्वारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई प्रदान गरिएको थियो ।
यसपटक प्राप्त जुत्ताहरु विकट स्थानबाट प्रतिभावान खेलाडी उत्पादनको लक्ष्यसहित रोकायाले सञ्चालन गरेको कर्णाली स्पोर्टस क्लबलाई नै प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सचेज्जमा प्राप्त जुत्ताका साथै रोकाया नेतृत्वको कर्णाली स्पोर्टस क्लबलाई थप १ लाख रुपिया“ नगद पनि सहयोग गर्ने भएको छ ।











प्रतिक्रिया